डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ५९ बजे