साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मान्छे

मान्छे ,
के के न हुँ भन्छ
खुबै कुद्छ , निकै दगुर्छ
बात गर्छ , विवाद गर्छ
सम्बाद पनि गर्छ
जिउँदै मर्छ 
मरेपछि , अमर हुन्छ !

मान्छे ,
म नै ठूलो हुँ भन्छ
यसो गरेँ, उसो गरेँ भन्छ
आफूलाई बाघ 
अरुलाई बिरालो देख्छ
साँच्चै बाघ देखे
म्याउँ म्याउँको भाकामा 
बिरहगीत गाउन थाल्छ !

मान्छे ,
निर्धो देखे जाइलाग्छ
बलियो देखे लत्रन्छ 
राम्रो जति आफ्नै पौरख 
बिगे्रभत्के ? मैले होइन भन्छ
अन्तै औँलो तेस्र्याइदिन्छ !

मान्छे ,
मात्तिन्छ, तात्तिन्छ,आतिन्छ
आफै मपाईं बन्छ 
आफै नाङ्गिन्छ,उदाङ्गिन्छ
किन नाङ्गै ? प्रश्न गर्दा
लुगाको कुरा गर्दैन 
अर्काको रिस यसको कारण भनिदिन्छ
अन्तै औँलो तेस्र्याइदिन्छ !

मान्छे ,
आफू के के न सद्दे बन्छ 
तर,कति परनिर्भर छ
आफ्नो दोष फेला परे 
तँ कस्तो नि ?, भनिदिन्छ
आफै , आफू बन्दैन 
अन्तै औँलो तेस्र्याइदिन्छ !

मान्छे !
अरु जस्तो भए पनि 
आफू सद्दे बन्न हुन्छ
हिलोमा कमल, काँढामा गुलाफझैँ
तर, कुन्नि किन छेपारोझैँ 
आफ्नै रङ्ग बदल्न खोज्छ ! 

ए मान्छे !
स्वतन्त्र छौ तिमी
तिमीले राम्रो गर्न हुन्छ
तिमी साँच्चै मानिस हौ भने 
अरुको बैगुन बोक्नैपर्छ ?
हैन , तिमी आफै
आफू सद्दे बन्नैपर्छ । 

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ०९ बजे