डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । 

शुक्रवार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यहाँ ठुलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन् केही दिनयता ठुलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।”

प्रहरीका अनुसार १०/१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ । 

यति बेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एक मात्र सडक हो । रासस

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : १७ बजे