डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडक खण्डमा यातायात सञ्चालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडक खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ ।

भीम फेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडक खण्डमा आज बिहानदेखि दुवै तर्फी रूपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडक खण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडक खण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको भीम फेदी प्रहरीले जनाएको छ ।

हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडक खण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । रासस

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ४० बजे