काभ्रेपलाञ्चोकमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० चाखोलामा बा।४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहनुभएको छ । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ३४ बजे