काठमाडौँ । मंकीपक्सको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा राखिएएका युवकलाई मंकीपक्स नभएको पुष्टि भएको छ । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।
मंकीपक्सको आंशकामा अस्पतालमा राखिएका ती युवकलाई कुष्टरोगको लक्षण देखिएको अस्पतालले जानकारी दिएको छ ।
बिहिबार दुबईबाट काठमाडौँ आएका युवकमा मंकीपक्स भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।
प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ३ : ११ बजे
प्रतिक्रिया