एकै ठाउँबाट सेवा पाउँदा खुसी छन् शुक्लाका सेवाग्राही

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई सेवा प्रवाह सञ्चालन केन्द्रबाट सबै प्रक्रिया पूूरा गरी सेवा दिन सुरु गरेको छ । 

सेवाग्राहीले कार्यालयमा बिना झन्झट सेवा लिन पाउँदा  नगरवासी खुसी छन् । कुन फाइल कुन फाँटमा कसरी लैजाने, सही कसले गर्ने हो भन्ने अप्ठेरो हुन्थ्यो तर अहिले एकै ठाउँमा बसी बसी सेवा पाउँदा खुसी लागेको वडा नं ८ को ढोरफिर्दीका क्याप्टेन ललितप्रसाद प्रधानले बताउनुभयो । 

कुन ठाउँमा जानुपर्छ होला भनेर कर्मचारीलाई नै सोध्दै जानुपथ्र्यो अहिले सहज रुपमा सेवा पाउँदा नगरपालिकावासी खुसी भएको उहाँको भनाइ थियो । सार्वजानिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याएर सेवा दिन थालिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो  । 
सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको काम अब कर्मचारी स्वयम्ले काम गर्ने हुँदा सेवाग्राहीलाई सहज हुने विश्वास गरेको उहाँको भनाइ थियो ।

नगरपालिकामा आएपछि कुन कामका लागि कसलाई भेट्ने थाहा नहुने भएकाले सेवाग्राहीलाई सोफामा राखेर पानी र चिया खुवाएर सबै काम कर्मचारीले नै गर्ने गरी व्यवस्था मिलाइएको नगरप्रमुख पण्डिले बताउनुभयो । नगरपालिकाको  केन्द्र मुख्य प्रशासनिक भवनको भुईं तलाको बीच भागमा स्थापना गरिएको छ । केन्द्रको बाहिरी घेरा वरिपरि सेवा लिन आउने नागरिकलाई आरामदायी सुविधा सम्पन्न प्रतीक्षा कक्ष ९स्थल० मा बस्ने व्यवस्था मिलाइएको छ ।

कामका लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनतासामु गएर काम गर्ने वातावरण सिर्जना गर्न केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विक ९राजु०ले बताउनुभयो । सुरुदेखि सेवा प्राप्तिसम्म तोक आदेश, दर्ता, सम्बन्धित शाखामा पेस र अन्तिम सेवा नागरिकको हातमा हस्तान्तरणसम्मको कार्य कर्मचारीले नै गर्ने गरी व्यवस्था गरिएको छ । 

सेवाग्राहीले निवेदन बुझाइसकेपछि कर्मचारीले नै लिएर जाने भएकाले धेरै सहज भएको उहाँको भनाइ थियोे । काम हुन नसक्ने अवस्था भए कारण खुलाएर पत्र दिने र सो अनुसारको कागजपत्र पूरा गरेर ल्याउन लगाइने उपप्रमुख विकले बताउनुभयो । सेवाग्राहीले सेवासँग सम्बन्धित कागजातसहितको फाइल केन्द्रमा रहेका कर्मचारीलाई हस्तान्रण गरिसकेपछि बाँकी कामको सबै प्रक्रिया पूरा गर्न सम्बन्धित शाखा, उपशाखा, इकाइसँग समन्वय गरी कर्मचारीले नै पूरा गरी सेवाग्राहीलाई प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

सेवा प्रवाहमा जटिलता वा अन्यौल सृजना भएमा प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारी आफैँ सेवा केन्द्रमा उपस्थित भई समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्भव न्यौपानेले   बताउनुभयो । अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा सहायक स्तरका कर्मचारीहरु केन्द्रमा राखी जनशक्ति व्यवस्थापन गरिएको प्रमुख उहाँको भनाइ थियो  । जिल्लाका अन्य पालिकाले पनि उक्त सेवालाई अवलम्बन गर्ने सोच बनाएको बताइएको छ । 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ०९ बजे