देउवा सवार हेलिकोप्टर भैरवहामा आकस्मिक अवतरण

काठमाडौं । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार हुनुहुन्थ्यो।

एक उच्च प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गर्नुभएके थियो । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ५२ बजे