मन्त्री आले फेरी पनि विवादमा, सामाजिक सञ्जालमा राजीनामाको माग 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिनुभएको छ ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उहाँको आलोचना हुन थालेको छ । 

यसअघि पनि उहाँले एक जना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिनुभएको थियो ।  मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)बाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आउनुभएको छ । 

सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उहाँको राजीनामा माग गर्न थालिएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : १८ बजे