दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी । कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्ययनरत नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वाभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथि छानबिन माथि जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ५६ बजे