काली गण्डकीमा बेपत्ता सातै जनाको उद्धार

रामपुर (पाल्पा) । कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । 

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । 

डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । 

वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ५२ बजे