दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने

गण्डकी । पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ ।  

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिवार उक्त प्रतियोगिता हुने भएको हो । 

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो । ३५ किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो । 

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउनुहुन्छ ।  रासस

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १९ बजे