सुनको मूल्यमा नयाँ कीर्तिमान

दबुईबाट नेपाल आएका एक युवालाई मंकीपक्स भएको आशंका

काठमाडौं । नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ ।

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ५ : २५ बजे