साघुँबाट खसेर किशोरीको मृत्यु

बैतडी । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहनुभएको छ । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गर्नुभएकी अधिकारी नदीमा खस्नुभएको हो ।  

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उहाँ नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए । 

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताउनुभयो ।  

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ । 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : २८ बजे