दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सञ्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरका १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताउनुभयो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : ४९ बजे