काठमाडौँ । आज आठौँ चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् ।
दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ ।
असार महिना वृक्षारोपण महिनाको रूपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी पाँच वर्षमा कम्तीमा एक करोड बाँकस, अम्रिसो जस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजाति रोप्ने लक्ष्य छ ।
प्रकाशित मिति : २ असार २०७९, बिहिबार ८ : ०३ बजे
प्रतिक्रिया