माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

हेटौँडा । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष  २०७९,०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताउनुभयो । यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

उहाँले आव २०७९,०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताउनुभयो।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ०७ बजे