दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ

काठमाडौँ । ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न ४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौँको कालिका स्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार भएको सूचना प्राप्त हुने बित्तिकै  प्रहरी वृत्त सिंहदरबारबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटेको थियो ।  उत्त टोलीले फरार विद्यार्थीलाई आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा म्याग्दी जिल्ला बेनी नगरपालिका वीर मुनी घर भई हाल जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिकामा बानियाटारमा बस्दै आएका राजेन्द्र बानियाँ, रामेछाप जिल्ला मन्थली नगरपालिका घर भई हाल काठमाण्डौँको डिल्ली बजार बस्ने पदम बहादुर खत्री,ओखलढुङ्गा जिल्ला मानेभञ्याङ्ग गाउँपालिका वडा नं.६ घर भई हाल काठमाण्डौको घट्टे कुलोमा बस्दै आएका गौरी खतिवडा र  काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. ६ ढलमल बस्ने तप्त बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । 

धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेको निज घाइतेको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।  

उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ३६ बजे