पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०५ बजे