‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हिमा गाउँपालिकामा भेडा स्रोत केन्द्र स्थापना

खलङ्गा  । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो । 

वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र शुरुवात गरिएको छ । उहाँका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडापालनलाई स्तरवृद्धि गरी केन्द्र स्थापना गरिएको हो ।  
तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडापालक समूह छनोटमा परेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ  । 

लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरवार कार्य सम्पन्न भइसकेको छ । 

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब रु ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु दुई करोड ८० लाख निकासा भएको छ । 

ईन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिवरि जालीसहितको घेरवार सम्पन्न भइसकेको छ । उहाँका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर २०० पुगेका छन् । केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको ईन्जिनियर शाहीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ३३ बजे