प्युठानमा जिप दुर्घटना,एकको मृत्यु, ८ घाइते 

प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहनुभएको छ ।  

स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ०१ बजे