काठमाडौँ। लुम्बिनी प्रदेशकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा अस्पतालमा भर्ना हुनुभएको छ ।
हिजो राति दाङबाट बुटवलमा आउनुभएकी उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
बेहोस अवस्थामा आउनु भएको वलीलाई अस्पतालमा भर्ना गरिएको डा.इन्द्र ढकालले जानकारी दिनुभयो ।
हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहनुभएकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।
प्रकाशित मिति : १ असार २०७९, बुधबार २ : १२ बजे
प्रतिक्रिया