दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गोरखाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावारमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ । 

पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् । “वन पैदावारमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्” कार्यालयका सूचना अधिकृत महेश पौडेलले भन्नुभयो।

सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसक्नुभएको छ । उहाँ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।  ढकालले दिएको बयानका आधारमा गाउँपालिकाका पूर्व अध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो । 

सूचना अधिकृत पौडेलले भन्नुभएको छ, “हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदालतमा मुद्दा दर्ता गर्छौँ ।”

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५० बजे