विमला वलीलाई छाड्न  मुख्यमन्त्रीको दबाब 

 दाङ ।अरुको घरमा गई, अर्काको श्रीमानलाई मेरो पाई भन्दै झगडा गर्ने स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई  प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुलबहादुर केसीले दबाब दिएका छन् ।

मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरि रान्यमनत्री खत्रीलाई छाड्न दवाव दिएका हुन् । 
राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब आए पनि  एसपी काफ्लेले भने दबाब अस्वीकार गरेका छन् ।

भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् ।विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।

वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुव्र्यबहार गर्दै एकराजलाई आफ्नो पोइ भएको बताएकी थिइन् । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ०३ बजे