आज वर्षाको सम्भावना

जिसस नवलपरासीको प्रमुखमा एमालेका भगौती यादव विजयी

नवलपरासी ।  जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमालेका भगौती यादव (रुदल) विजयी हुनु भएको छ ।

जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनमा उहाँले ७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बालिन्द्र विक्रम शाहीले ६ मत ल्याउनु भएको थियो ।

त्यस्तै प्रमुखमा १ मत बदर भएको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ३ : ०६ बजे