आज वर्षाको सम्भावना

जिसस मोरङको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

मोरङ – जिल्ला समन्वय समिति मोरङको प्रमुखमा एमालेका अजम्बर राई विजयी हुनु भएको छ ।

जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा उहाँले २१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र अग्रवालले १३ मत ल्याउनु भएको थियो ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उषा झाले पनि २१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी निलम कुमारी सरदारले भने १३ मत ल्याउनु भएको छ ।

समन्वय समितिको महिला सदस्यमा उमा नेपाली, उर्वशी कुमारी थारु, हरीमाया विश्वकर्मा विजयी भएका छन् । त्यस्तै समन्वय समितिको सदस्यमा तुलसी प्रसाद घिमिरे, देवमणि कटवाल र मित्र प्रसाद ढकाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ४६ बजे