अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

काबुल ।  अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो । 

“सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,” एक स्थानीय अधिकारीले भने ।  आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफुहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ । तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।
 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : २३ बजे