भारतीय कार्यवाहक राजदूत खुमलटारमा

काठमाडौं । नेपालका लागि भारतीय कार्यवाहक राजदूत आज खुमलटार पुग्नुभएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटको निम्ति राजदूत खुमलटार पुग्नुभएको हो ।  

खुमलटारस्थित दाहाल निवासमा अध्यक्ष र कार्यवाहक राजदूत नाम्ग्या सी खाम्पाबीच भेटवार्ता भएको हो । बिहान आफ्नै निवासमा ब्रेकाफास्ट खाएपछि खुलमलटार पुग्नुभएकी  राजदूतसँगको भेटमा अरु कोही पनि उपस्थित नभएको बताइन्छ ।भेटघाट र कुराकानी झण्डै आधा घण्टा भएको स्रोतको दाबी छ । पछिल्ला दिनमा राजदुत खाम्पाले सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई भेट्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : १६ बजे