आज वर्षाको सम्भावना

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी

चितवन । जिल्ला समन्वय समिति जिसस चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।

जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गर्नुभएको थियो । 

गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित हुनुभएको थियो । 

उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भईसक्नुभएको छ । जिल्लाका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ४४ बजे