आज वर्षाको सम्भावना

संसदमा प्रेम सुवालको प्रश्न – कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो ?

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गर्नुभएको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले ती विदेशीको परिचय खुलाउन माग गर्र्नुभएको हो । 

‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन । सीए भनिएको त्यो विदेशी नै हुनपर्छ भन्ने कुरा बाहिर आएको छ । तर,कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन । विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो ?,’ सुवालले प्रश्न गर्नुभयो । 

उहाँले बैठकमा ती विदेशीलाई प्रवेश दिएर गठबन्धन दलहरुले कति कमिसन पाए त्यो समेत स्पष्ट पार्न अनुरोध गर्नुभयो। 

अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति कर छुट दिएको हो सो पनि सदनलाई जानकारी गराउनु पर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : १७ बजे