आज वर्षाको सम्भावना

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउ : प्रेम सुवाल 

काठमाडौं । प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाउनुभयो। 

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरु भन्नुहुन्थ्यो । अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ,’ उहाँले भन्नुभयो। 

उहाँले जिम्मेवार मन्त्रीहरुले यथार्थ जानकारी सदनलाई दिन जरुरी रहेको बताउनुभयो । 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ०४ बजे