दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इन्डो-नेपाल मैत्रीपूर्ण खेलको पूर्वतयारी गर्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमी इन्डिया

नयाँ दिल्ली – मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित "मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया"को प्रतिनिधि मण्डलले इन्डो-नेपाल मैत्रीपूर्ण खेलको पुर्वतयारी स्वरूप सोमबार भारतका लागि  नेपाली राजदूत शङ्कर प्रसाद शर्मा र राजदूतावासका शिक्षा तथा कल्चरल विभाग प्रमुख यदुनाथ पौड्यालसँग भेटवार्ता गरेको छ।  

एकेडेमीका संस्थापक र प्रवास  इन्चार्ज गोपाल थापा, उपाध्यक्ष पदम गाहा, महासचिव सुवास बस्नेत,  सल्लाहकारहरू कमल पण्डित, छविलाल गोतामे, सदस्यहरू गङ्गा गुरुङ, संजोक भुजेलको प्रतिनिधि मण्डलले प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय  अध्यक्ष  लोकनाथ भण्डारीको विशेष उपस्थितिमा भेटवार्ता गरेको हो।

भेटवार्तामा एकेडेमी क्रियाकलापहरू प्रति राजदूतले धन्यवाद सहित प्रशंसा समेत गरेका थिए।  साथै राजदूतावासका शिक्षा तथा कल्चरल विभाग प्रमुख यदुनाथ पौड्यालले आफूहरू सदैव एकेडेमीको सहयोगमा लाग्ने बताए।  

आइतबार कफी हाउस नयाँ दिल्लीमा  उपाध्यक्ष पदम गाहाको अध्यक्षतामा सम्पन्न एकेडेमीको कार्यसमिति बैठकले गरेका निर्णय लिएर प्रतिनिधि मण्डल राजदूतावासमा पुगेको हो।  छिटो  भन्दा छिटो इन्डो – नेपाल मैत्रीपूर्ण खेल आयोजना गर्ने, एकेडेमीको खेल क्षेत्र दिल्ली रहेकोले दिल्ली सरकार र केन्द्रीय सरकार सँग समन्वय र सहकार्य गरेर एकेडेमीको ट्रेनिङको लागि जग्गा माग गर्ने  जस्ता निर्णय समितिले गरेको अध्यक्ष कुल बहादुर सिंजालीले बताए। 

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी इस्पोर्ट एकेडेमी नेपालले छिमेकी राष्ट्र भारतमा  वैधानिकता पाए सँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ । खेल प्रति अभिरुचि भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेल प्रेमीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने, इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजना गर्ने,  खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराका साथ २३ मई, २०१७ मा  मित्र राष्ट्र भारतमा "मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया"को  स्थापना गरिएको हो ।

खेल र खेलाडीहरूको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा धेरै उपलब्धिहरू हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरू सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया भारतमा आधिकारिक खेल संस्थाको रूपमा स्थापना गरिएको हो। 

एकेडेमीले स्थापनाकाल देखि नै  इन्डो – नेपाल मैत्रीपूर्ण खेल र भारतमा रहेका प्रवासी खेल प्रेमीहरू बीच आन्तरिक खेलहरू समय-समय आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ४९ बजे