आज वर्षाको सम्भावना

यस्तो छ एमालेको सचिवालयले निकालेको चुनावका ७ निष्कर्षहरु

ललितपुर – नेकपा एमालेको आज छ घण्टासम्म बसेको सचिवालय बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सात वटा निष्कर्ष निकालेको छ ।

बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले निर्वाचनमा सत्ता गठबन्धनका बाबजुत पनि एमाले एक्लैले ३४ प्रतिशत लोकप्रिय मत हासिल गरेको बताउनुभएको छ । ज्ञवालीले जीतहारलाई पार्टीले स्वभाविक रुपमा लिने बताउनुभएको छ । तर सत्ता पक्षले जे गरेर भए पनि चुनाव जित्नु पर्दछ भन्ने मानिसकताका कारण कयौं ठाउँमा निर्वाचन निष्पक्ष हुन नसकेको एमालेको निष्कर्ष छ ।

बैठकले सरकारले निर्वाचनको पवित्रतालाई दुषित बनाउने काम गरेको,पार्टीले अपेक्षा गरे अनुसारको नतिजा हासिल नभएको तथापी एमालेको जनमत यथावत रहेको गठबन्धनले सरकारी स्रोत साधनको व्यापक दुरुपयोग एमाले हराउनका लागि गरेको बताउनुभएको छ ।

आजको बैठकमा चुनावका सन्दर्भमा एमालेका निष्कर्षहरु यस्ता छन् :

​​​​​​​-३४ प्रतिशत लोकप्रिय मत सहित एमाले प्रमुख शक्ति
-कयौं ठाउँमा सत्ता गठबन्धनको धाँधली
-कतिपय ठाउँमा समयमै उम्मेद्वारी नटुंग्याउनु
-आकांक्षीलाई समयमै व्यवस्थापन गर्न नसक्नु
-अन्तरघात हो कि असमझदारीको छुट्याएर कारबाही गर्ने
-२०७४ पछि पनि पार्टीको लोकप्रियता उस्तै
-पाँच दल भर्सेस एक्लो एमाले

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ३९ बजे