आज वर्षाको सम्भावना

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भव नभएको दाबी गर्नुभएको छ । 

आजको सचिवालय बैठक पछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गर्नुभएको हो  । 

उहाँले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो  । 

'त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।'

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उहाँको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : १२ बजे