आज वर्षाको सम्भावना

सरकारले नेपालको परराष्ट्र नीतिमा गम्भिर असन्तुलन खडा गर्यो : नेकपा एमाले

काठमाडौं – नेकपा एमाले सचिवालयको बैठकले सरकारले नेपालको परराष्ट्र नीतिमा गम्भिर असन्तुलन खडा गरेको निष्कर्ष निकालेको छ ।

झण्डै ६ घण्टा चलेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदिप ज्ञवालीले सरकारका यस्ता कदमको डटेर भण्डाफोर गर्ने निर्णय गरेको बताउनुभयो । ज्ञवालीले सरकारले नेपाललाई जानी जानी राजनीतिक द्धन्द्धमा धकेल्ने काम गरेको आरोप लगाउनुभयो ।

ज्ञवालीका अनुसार बैठकले राष्ट्रिय राजनीतिका विबिध आयाम बारे पनि छलफल गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ४९ बजे