आज वर्षाको सम्भावना

सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?

काठमाडौं – नेकपा एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाउनुभएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उहाँले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उब्जाउनु भएको हो । 

१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भन्नुभयो , ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे  । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ३१ बजे