आज वर्षाको सम्भावना

अनेमसंघकाे राष्ट्रिय सम्मेलनकाे मिति भदौ २१ र २२ गतेको बैठकले तय गर्ने

काठमाडौँ । नेकपा एमाले निकट महिलाहरुकाे संगठन अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) ले राष्ट्रिय सम्मेलनका लागि भदाैंमा केन्द्रीय समितिकाे बैठक बोलाउने भएकाे छ ।  

आज मध्य बानेश्वरमा बसेको अनेमसंघको पाँचौँ सचिवालय बैठकले  अनेमसंघको सातौं राष्ट्रिय सम्मेलनकाे मिति तय गर्न भदौ २१-२२ गते काठमाडौँमा केन्द्रीय समितिकाे बैठक बोलाउने निर्णय गरेको हो ।

सङ्घकी संयोजक थम माया थापा, सचिव सुजिता शाक्य, इन्चार्ज सिता पौडेल लगायतका नेताहरूको उपस्थितिमा बसेकाे संघकाे सचिवालय बैठकले उक्त निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : ५२ बजे