आज वर्षाको सम्भावना

अर्थमन्त्रीलाई फिर्ता बोलाउने विषयमा माओवादीका नेताहरुबीच छलफल

काठमाडौं – अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उहाँकै निवास खुमलटार बोलाएर छलफल गर्नुभएको थियो । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा खुलेको छैन ।

पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको र फिर्ता बलाउन पार्टीमा दबाब बढेको एक नेताले जनकारी दिनुभयो । अर्थमन्त्रीको गतिविधिका कारण माओवादी धेरै नागिंने अवस्था भएकाले अध्यक्षलाई फिर्ता बोलाउन धेरै नेताको दबाब पुगेको ती नेता बताउँछन् ।

बजेट बनाउँदा मनपरी गर्ने देखि गभर्नर हटाउने, कालो धनलाई सेतो बनाउन लाग्ने जस्ता कार्यामा अर्थमन्त्री सम्लग्न भएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : १९ बजे