संसदीय समितिले प्रधानमन्त्रीलाई अमेरिका भ्रमणबारे जानकारी लिन बोलाउने

काठमाडौं – संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमणका विषयमा जानकारी लिन बोलाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : १३ बजे