आज वर्षाको सम्भावना

बजेटमा हेरफेर गर्न अमुक व्यक्ति मध्यरातमा अर्थमन्त्रीले किन लगे ? : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले जेठ १४ गते मध्यरातमा अर्थमन्त्रीले अमुक व्यक्ति बजेट शाखामा लगेर करमा हेरफेर गरेको भन्दै यसको विषयमा अर्थमन्त्रीले स्पष्टिकरण दिनुपर्ने बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘हामीले पहिले देखिनै कुरा उठाउँदै आएका थियौं, आज सञ्चारमाध्यममा कुरा आएको छ । बजेट बनाइरहेको समय मध्यरातमा पुर्व कर्मचारी रघुनाथ घिमिरेलाई लगेर करको दरमा हेरफेर भएछ यो गम्भिर विषय हो ।’

उहाँले यो गम्भिर विषयमा छानबिन हुनुपर्ने र अर्थमन्त्रीले सदनमा स्पष्टिकरण दिनुपर्ने माग समेत गर्नुभयो । ‘यो विषय गम्भिर छ । गर्नै नहुने काम अर्थमन्त्रीले गर्नुभयो । यो विषयमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुनुपर्छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : ०९ बजे