मलका विषयमा छलफल गर्न माग गर्दै एमालेद्वारा संसद्मा ‘स्थगनको प्रस्ताव’ दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले जारी बजेटमाथिको छलफल स्थगन गर्दै रासायनिक मलको बारेमा छलफल गर्न माग राख्दै स्थगनको प्रस्ताव दर्ता गराउनुभएको हो । 

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । 

स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने छ  ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : ४४ बजे