चितवनमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु 

चितवन । चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा आइतबार साँझ कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने दुर्घटनामा अर्का एक घाइते भएका छन् । 

मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा२०च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ बर्षीया राधिका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । आइतबार साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : ०६ बजे