गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै 

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सिंहदरबारमा बस्दै छ ।

गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ः०० बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।

गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना–२०७९  स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्बाट २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आङ्कलनसहित कार्य योजना बनाइसकेको छ ।

कार्यकारी समितिमा विभिन्न मन्त्री, सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहनेछ । 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : ४५ बजे