गण्डकी प्रदेशसम्म मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेस र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलवार प्रदेश १ का धेरै, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको आङ्कलन गरिएको छ भने बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि वर्षा हुनेछ ।

बुधवार प्रदेश १, मधेस, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेस, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव  छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ जेठ ३० गते (सोमबार)
दिउँसो :
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भू-भागहरूमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ ३१ गते (मङ्गलवार)
दिउँसो :
प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली बाँकी भू-भागहरूमा आंशिकदेखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,  मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार ०१ गते (बुधवार)
दिउँसो :
  प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १,  मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ०८ बजे