आज वर्षाको सम्भावना

झलनाथ खनालको गृह जिल्लामा एमाले-एकीकृत समाजवादी गठबन्धन

इलाम – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ ।

नेकपा एमालेले जिसस प्रमुख र पाँच सदस्य लिएको छ भने नेकपा एकीकृत समाजवादीले उपप्रमुख र दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले भने जिससका ९ मध्ये ७ पदमा उम्मेदवारी दिएको छ ।

जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको इलाममा जिसस निर्वाचनका लागि प्रमुख र उपप्रमुख गरी २० जना मतदाता छन् । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ७, नेकपा एकीकृत समाजवादीका २ र जसपाको एक जना मतदाता छन् ।

यसअघि इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमाले र नेकपा एसको गठबन्धन बनेको थियो ।

जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको इलाममा जिसस निर्वाचनका लागि प्रमुख र उपप्रमुख गरी २० जना मतदाता छन् । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ७, नेकपा एकीकृत समाजवादीका २ र जसपाको एक जना मतदाता छन् ।

यसअघि इलामको सूर्याेदय नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमाले र नेकपा एसको गठबन्धन बनेको थियो ।

नेकपा एकीकृत समावादी पार्टी इलामका अध्यक्ष भक्त केसीले केन्द्रमा सत्तारुढ दलबीच गठबन्धन भएपनि इलामको हकमा छुट्टै अवस्था बनेको बताउनु भयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ५७ बजे