आज वर्षाको सम्भावना

एमाले केन्द्रीय कार्यालयको बैठकले एजेन्डा तय गर्यो, सोमबार बैठक बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्ने लगायत एजेन्डा तय गरेको हो ।

सचिवालय बैठक भोलि (सोमबार) दिउँसो १ बजे च्यासलमा बस्दैछ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : ४७ बजे