दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज 

काठमाडौं – म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । 

सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले  मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो ।

यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए । रोनाल्डोमाथि आरोप लगाउने उक्त युवती सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि अरु रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : २४ बजे