सचिवालय बैठकका एजेण्डा तय गर्न एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौँ ।  स्थानीय निर्वाचनको समीक्षा गर्न नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयको बैठक आज दिउसो १ः बजे बस्ने भएको छ । 

केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

महासचिव शङ्कर पोखरेलको अध्यक्षता रहेको केन्द्रीय कार्यालयले सचिवालय बैठकका  लागि एजेण्डा तय गर्नेछ ।

एमालेको सचिवालय बैठक सोमबार दिउसो १ः०० बजे बस्ने थय भइसकेको छ । बैठकमा मुख्यतया पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको सफलता, केही ठाउँमा अन्तरघातका कारण भएको पराजय, एमाले र गठबन्धनलाई खसेको मतको समीक्षा र भावी रणनीति आदिका विषयमा आधारित रहेर एजेण्डा तय गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ४४ बजे