मन्थली विमानस्थलमा पानी पस्यो

भक्तपुरमा आजदेखि आर्थिक सम्मेलन हुँदै

भक्तपुर । भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आजदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुँदै छ । सम्मेलन भोलि सोमबारसम्म चल्नेछ ।

कलेजका प्राचार्य रूपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जानकारी दिनुभयो । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उहाँले बताउनुभयो । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उहाँले जानकारी दिनुभयो ।

पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा.  ध्रुवकुमार गौतम र डा.रामकुमार फुयाँल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डङ्गोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ ।  

सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ३१ बजे