दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाहको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । अचेत भएर मैदानमा ढल्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । 

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिनुभएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्नु भएको थियो। उहाँ लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुग्नुभएको थियो । तर, उहाँ अचेत भइसक्नुभएको थियो ।

सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औँ मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न भएको थियो । सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो । गोल लगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि उहाँलाई अस्पताल लगिएको हो ।  

हाल उहाँको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताउनुभएको छ । एक दिन अस्पताल राखेर सामान्य चेकजाँचपछि होटल फर्काइने बताइएको छ । 

मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ्य ठिक नभएको बताउँदै आउनुभएको थियो ।  दोस्रो खेलमा नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

अन्तिम खेल नेपालले ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ३१ बजे